Comments Add Comment

रामचन्द्र पौडेलबाटै तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्ने कांग्रेसको तयारी

१८ मंसिर, पोखरा । विवाद र धरपकड भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बाट पुल उद्घाटन गर्ने अधुरो सपना बिहीबार पूरा गर्ने तयारी तनहुँमा भएको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको विवादका कारण ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको अन्तर्गत बुल्दीखोलामा पुल पौडेलद्वारा बुधबार उद्घाटन हुन पाएको थिएन ।

विधि र नियम-कानुन मिचेर पुल उद्घाटन गर्न लागेको भन्दै युवा संघको विरोध र जसरी पनि पुल उद्घाटन गर्ने पौडेल नेतृत्वको कांग्रेसको हटका कारण बुधबार व्यास नगर तनावग्रस्त बनेको थियो ।

तत्काल पुल उद्घाटनको कार्यक्रम रोक्न जिल्ला प्रशासनले पत्र काटे पनि कांग्रेसले उद्घाटनको कार्यक्रम अगाडि बढाएपछि विरोधमा उत्रिएको युवा संघबीच झडप नै हुन सक्ने भन्दै प्रशासनको निषेधाज्ञा जारी गरेको थियो ।

पौडेल नेतृत्वको कांग्रेसले निषेधाज्ञा तोडेपछि अवस्था झन बिथोलिएको थियो । पौडेलसहित केही नेतालाई प्रहरीले प्रक्राउ गरी निषेधाज्ञा अवधि सकिएपछि रिहा गरेको थियो ।

पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेसले टायर बाल्दै आन्दोलनसमेत गरेका थिए । प्रहरी नियन्त्रणमै रहँदा पौडेलले केपी ओली सरकारले सुनियोजितरुपमा आफूलाई पक्राउ गरेको र यसको देशैभरि प्रतिवाद हुने बताएका थिए ।

पौडेल रिहा भएसँगै कांग्रेसले कोण सभा गर्दै आन्दोलनको घोषणा गरेको थियो । कांग्रेसले आज ११ बजे दमौली बजारमा प्रदर्शनका लागि आहृवान गरेको छ । वरिष्ठ नेता पौडेलसहित माथि सरकारले अधिनायकवादी शैलीमा धरपकड र दमन गरेको भन्दै वरोधमा विशाल प्रदर्शन गर्ने र जुलुससहित बुधबार अधुरो रहेको पुल उद्घाटत सपना पूरा गर्ने तयारी कांग्रेसको छ ।

‘११ बजे दमौली बिरोध प्रदर्शनका लागि खुला आहृवान गरेका छौं । तनहुँसहित आसपासका जिल्लाबाटसमेत दमौली आउने कुरा भइराखेको छ । उपभोक्ता समितिले आज पुल उद्घाटनको कार्यक्रम पनि राखेकाले दमौलीमा प्रदर्शन गरेर जुलुससहित जाने तयारी हुँदैन,’ तनहुँ कांग्रेसका सचिव विश्व बास्तोलाले भने ।

यो पनि पढ्नुहोस पुल बनेको २ वर्षपछि उद्घाटन गर्न रामचन्द्र र किसानको टक्कर !

कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले लगायत काठमाडौंबाट दमौली पुगेका छन् । ‘यो सरकारले प्रशासनको गलत प्रयोग गरेर जसरी दमन गर्‍यो । त्यसको हामी कडा प्रतिवात र विशाल प्रदर्शन गर्दैछौं,’ सचिव बास्तोलाले भने, ‘नेकपाको अधिनायकवादी रबैया र सिडिओको गलत निर्णयको प्रतिफल देखाइन्छ ।’

कांग्रेसको हट र नेकपाको विरोध रहृयो भने बिहीबार पनि ब्यास नगर तनावपूर्ण हुने देखिएको छ । तर, नेकपा बुधबारभन्दा नरम देखिएको छ । कानुन, विधि र प्रक्रियालाई कुल्चेर कांग्रेसले पुल उद्घाटन गरेरै छोड्ने ढिपी केटाकेटी पन भएको संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को भनाइ छ ।

‘म काठमाडौं छु नत्र म पनि जान्थें । जनताले पुल पाए भइहाल्यो तर कांग्रेसले विधि र प्रक्रिया मिचेर केटाकेटी पन देखाइरहेको छ,’ सांसद श्रेष्ठले भने, ‘विधि मिच्नेलाई कारबाही गर्ने, रोक्ने काम प्रशासनको हो ।’

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले मुठभेडको अवस्था आउननदिनेमा दलहरु सचेत हुनुपर्ने बताए । ‘हिजोको जस्तो अवस्था आउला भन्ने लाग्दैन । कांग्रेसले पनि ठूलो जुलुस र प्रदर्शन नगरोस् भन्ने हाम्रो भनाइ हो,’ सिडिओ आचार्यले भने, ‘शान्ति सूव्यवस्था खलबलिन दिँदैनौं । निषेधाज्ञा र प्रशासनले अर्को कदम चाल्ने अवस्था आउने छैन भन्नेमा विश्वस्थ छु ।’

पुल उद्घाटनको कार्यक्रम रोक्न बुधबार युवा संघले प्रतिवाद गर्ने पहिले नै जानकारी आएको र आज त्यस्तो कुनै सूचना नभएको सिडिओ आचार्यले बताए । कानुन र विधि उल्लंघन भए तत्काल निर्णय गर्ने र सुरक्षाका लागि तयार अवस्थामा रहेको आचार्यको भनाइ छ ।

तस्वीर सौजन्य : कृष्ण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment