Comments Add Comment

अर्को वर्ष मेसीसंगै खेल्ने नेमारको चाहना

१८ मंसिर, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलका फरवार्ड नेमारले अर्को वर्ष बार्सिलोनाका कप्तान लिओनल मेसीसँग एउटै टिममा  रहेर फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् ।

नेमार र मेसीले चार वर्षसम्म बार्सिलोनाबाट सँगै खेलेका थिए । त्यसपछि नेमार सन् २०१७ मा कीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी गएपछि उनीहरुको सहकार्य टुटेको थियो ।

नेमारले फेरि मेसीसंग खेल्ने चाहना देखाए पनि कुन टिमबाट खेल्ने भन्ने  खुलाएका छैनन् । मेसीको सम्झौता बार्सिलोनामा यसै सिजन सकिँदैछ । अर्को सिजन मेसी बार्सिलोनमै रहन्छन् वा अर्को क्लबमा जान्छन् भन्ने टुंगो छैन ।

‘म मेसीसंग फेरि खेल्न चाहन्छु । फेरि उनीसंगै पिचमा रहेर रमाइलो गर्न चाहन्छु’ च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति म्यानचेष्टर युनाइटेडलाई उसैको मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेपछि नेमारले भने ।

‘उनी मेरो स्थानमा खेल्न सक्नेछन् । मलाई थाहा छ उनलाई कुनै समस्या छैन । म उनीसंग फेरि खेल्न चाहन्छु र मलाई विश्वास छ, अर्को सिजन, हामीले यो गर्नुपर्छ’ उनले भनेका  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment