Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट काठमाडौंमा बस्दै

१९ मंसिर, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगामी सिनेट काठमाडौंमा बस्ने भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपीशर्मा ओली सुर्खेत आउन नसक्ने भएपछि काठमाडौंमै सिनेट बस्ने भएको हो ।

यही मंसिर ३० गते काठमाडौंमै सिनेट बस्ने गरी सम्पुर्ण तयारी सकिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘सिनेटका लागि सम्पूर्ण तयारी सकिएको छ,’ उपकुलपति सिंहले भने, ‘कुलपतिको कार्य व्यस्तता र कोरोनाको विशेष परिस्थितिले गर्दा आगामी सिनेट काठमाडौंमै गर्न लागेका छौं ।’

विश्वविद्यालय भएकै ठाउँमा सिनेट गर्नुपर्ने भए पनि समय अनुकुल नहुँदा यो पटक काठमाडौंमै सिनेट गर्न लागिएको उपकुलपति सिंहले बताए । ‘विश्वविद्यालय भएकै ठाउँमा सिनेट हुनुपर्छ तर यो वर्ष समय अनुकुल भएन,’ उपकुलपति सिंहले भन ।

सिनेटमा विश्वविद्यालय सम्पतिको रक्षा गर्नेदेखि आधुनिक विश्वविद्यालय बनाउने सम्माका एजेण्डाहरु तए गरिएको उपकुलपति सिंहले बताए । विश्वविद्यालयभित्र हिजोका विकृतिलाई कानुनत: सुधारेर लिइने बताइएको छ ।

उपकुलपति सिंहका अनुसार शैक्षिक र प्रशासनिक सुधार गरिनुका साथै विश्वविद्यालयमा यो वर्षबाट नयाँ शैक्षिक कार्यक्रमहरु पनि थप गरिने छ ।

कृषि तथा वन संकाय, मेडिकल साइन्स संकाय, अनुसन्धान विकास केन्द्र र ज्ञान सिप तथा प्रविधि सम्बन्धी कर्णाली शैक्षिक संस्थालगायतका शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको छ । ती कार्यक्रमबारे पनि सिनेटमा छलफल गरिने छ ।

आफ्नै ‘सुरक्षा इकाइ’ बनाउँदै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै ‘सुरक्षा इकाइ’ बनाउने तयारी थालेको छ । विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा इकाइ’ बनाउन लगिएको उपकुलपति सिंहले जानकारी दिए ।

‘विश्वविद्यालयको आन्तरिक सुरक्षा र भौतिक सम्पत्तिको रक्षा गर्न ‘सुरक्षा इकाइ’ आवश्यक छ । आगामी सिनेटमा ‘सुरक्षा इकाइ’ गठनको प्रस्ताव पनि पेस गर्ने तयारी गरेका छौं,’ सिंहले भने ।

‘सुरक्षा इकाइ’मा सैन्य तालिम प्राप्त र ५० वर्ष उमेरमुनिका जनशक्तिलाई मात्रै प्रवेश गराइनेछ । पूर्व नेपाल आर्मी, नेपाल प्रहरी, भारतीय सेना वा जुनसुकै देशमा मान्यता प्राप्त सुरक्षा संगठनमा काम गरेका र युवा जनशक्तिलाई ‘सुरक्षा इकाइमा भर्ना गरिने विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै १८ वर्षदेखि ५० वर्ष उमेर समूहका तर मान्यताप्राप्त संस्थाबाट सुरक्षा तालिम लिएका व्यक्तिले पनि ‘सुरक्षा इकाइ’मा प्रवेश पाउनेछन् । ‘सुरक्षा इकाइ’को आफ्नै पोसाक हुनेछ ।

विश्वविद्यालयमा अहिले पनि काम गरिरहेका पाले र कार्यालय सहयोगीहरु छन् । तर, ती जनशक्ति विश्वविद्यालयले नियुक्त गरेका नभइ क्याम्पस तथा दोस्रो निकायले करार सम्झौता गरेका हुन् । सुरुमा १५ देखि २० जनाको ‘सुरक्षा इकाइ’ बनाइइने विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment