+
+
Shares

कोरोना संक्रमित प्रदेश १ प्रमुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

रासस रासस
२०७७ मंसिर २० गते ९:०५

२० मंसिर, मोरङ । कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई थप उपचारका लागि काठमाडौं लगिएको छ । शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको हो ।

प्रदेश प्रमुख अधिकारीमा यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता उनी विराटनगरस्थित निवासमा बस्दै आएका थिए ।

२०७३ सालमा त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको मुटुको ओपन हर्ट सर्जरी गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?