Comments Add Comment

भक्तपुरमा कार दुर्घटना हुँदा युवतीको मृत्यु, ३ जना घाइते

२१ मंसिर, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।

अचेत अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गिरीले बताए ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक -४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् ।

सामान्य घाइते भएका चालकसहित ३ जनाले मृतक रियालाई दुर्घटनास्थलमै छोडेर भागेका थिए । उनीहरुलाई बिहानमात्रै नियन्त्रणमा लिइएको डीएसपी गरीले जानकारी दिए ।

परिसरले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment