२५ मंसिर, जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिल स्यानिटरीमा २, सिभिल इरिगेसनमा १ र सिभिल जनरल पदमा २ जनाको माग गरिएको छ ।
आरक्षणतर्फ महिलाका लागि सिभिल हाइवे, सिभिल स्यानिटरी, सिभिल जनरल पदमा १/१ जना माग गरिएको छ । त्यस्तै सिभिल, हाइवे र सिभिल जनरलमा आदिवासी जनजाति १/१ र मधेसी १/१ पद माग गरिएको छ ।
खुल्लातर्फ सिभिल, विल्डिङ एण्ड आर्किटेस्टमा ४ जना, आरक्षणतर्फ महिला, आदिवासी जनतजाति, मधेशी र दलितका लागि १/१ पद आरक्षण दिइएको छ ।
जियोलाजी हाइड्रोजियोलोजी खुल्लामा १ जना माग गरिएको छ भने महिला १ जना माग गरिएको छ ।
हेर्नुहोस् विज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4