Comments Add Comment

हिन्दु राष्ट्र माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

२५ मंसिर, काठमाडौं । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।

२० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन समितिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो । यहीस्थानमा १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले पृथ्वीनारायण शाहको तस्वीर राखेर राजतन्त्रको पक्षमा जुलुस निकालेको थियो ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment