Comments Add Comment

बीबीएलमा होबार्ट हुरिकेन्सको विजयी सुरुआत

२५ मंसिर, काठमाडौं । होबार्ट हुरिकेन्सले अष्ट्रेलियामा आजदेखि सुरु भएको बिग बास लिग (बीबीएल)मा विजयी सुरुआत गरेको छ ।

यो टिमबाट नेपाली लेग स्पीनर सन्दीप लामिछाने पनि खेल्नेछन् । तर उनी आगामी मंगलबारमात्रै अष्ट्रेलिया प्रस्थान गर्दैछन् र १४ दिनको अनिवार्य क्वारेन्टिन बसेर टिमसँग जोइन हुनेछन् ।

बिहीबार भएको बीबीएलको दशौँ संस्करणको उद्घाटन खेलमा होबार्टले साविक विजेता सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको हो ।

जितपछि होबार्टले ३ अंक जोड्दा पराजित सिड्नी सिक्सर्सले पनि १ अंक जोडेको छ । नयाँ नियम अनुसार सिक्सर्सले १० ओभरमा होबार्टभन्दा धेरै रन बनाएकोले १ अंक जोडेको हो ।

होबार्टले दिएको १७९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । सिक्सर्सका लागि जेम्स भिन्सले सर्वाधिक ६७ र ज्याक एडवार्ड्सले ४७ रन बनाए ।

टिमको स्कोर २ रन हादा ओपनर जोस फिलिपलाई गुमाएपनि भिन्स र एडवार्ड्सले दवस्रो विकेटको लागि११६ रनको साझेदारी गर्दा सिक्सर्स जिततर्फ अग्रसर देखिएको थियो । तर होबार्टका बलरले उत्कृष्ट प्रदर्शन गर्दा सिक्सर्स जितसम्म पुग्न सकेन । यस्तै जोर्डन सिल्कले १३ र डान क्रिस्टियनले १० रन जोडे ।

होबार्टका लागि जेम्स फउकनर र रिले मेरेडिथले समान २ विकेट लिए । ४ ओभर स्पेलमा फउकनरले २२ र मेरेडिथले २९ रन खर्चिए । नाथन एलिस र स्कट बोल्याण्डले समान १ विकेट लिए ।

त्यसअघि होबार्टस्थित बेलेरिभ ओभल टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले टिम डेभिड र कोलिन इनग्रामको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो । टिम डेभिडले ३३ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै इनग्रामले ४२ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ५५ रन जोडे ।

ओपनरद्वय ज्याक वेल्स र डी आर्ची सर्ट शुन्यमै आउट हुँदा जम्मा ४ रन जोडेको होबार्टको इनिङ्स इनग्राम र कप्तान पिटर ह्याण्ड्सकम्बले उकासेका थिए । यी दुईले तेस्रो विकेटका लागि ५५ रनको अर्धशतकीय साझेदारी गरे । ह्याण्ड्सकम्बले २४ रन योगदान गरे । इनग्राम र डेभिडले पाँचौ विकेटका लागि ४० रनको साझेदारी गरे । यस्तै नाथन एलिसले १४ रन बनाए ।

सिक्सर्सका लागि बेन डार्ह्विस र डान क्रिस्टियनले ३-३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment