Comments Add Comment

एलपीएल : गाल्ले ग्लाडिएटर्स सेमिफाइनलमा, क्यान्डी टस्कर्स बाहिरियो

२६ मंसिर, काठमाडौं । गाल्ले ग्लाडिएटर्स लंका प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ ।

धनुस्का गुनतिलकाको अविजित ९४ रनको मद्दतमा क्यान्डी टस्कर्सलाई पराजित गर्दै गाल्लेले सेमिफाइनलमा स्थान बनाएको हो ।

यसअघि ७ खेल खेल्दा एक खेल मात्र जितेको गाल्लेले अन्तिम खेल जित्दै लिगमा यात्रा लम्ब्याएको हो ।

गएराति भएको खेलमा क्यान्डीलाई ९ विकेटले पराजित गरेपछि ८ खेलबाट ४ अंक जोडेको गाल्लेले क्यान्डीलाई नै रनरेटमा पछि पारेको हो ।

क्यान्डीले दिएको १२७ रनको सामान्य लक्ष्य गाल्लेले १७ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गर्‍यो । गाल्लेका लागि गुनतिलकाले ६६ बल खेल्दै १२ चौका र ४ छक्का मद्दतमा अविजित ६४ रन बनाए । यस्तै हज्रतुल्लाह जजाईले २० रन जोडे । क्यान्डीका दिलरुवान परेराले १ विकेट लिए ।

त्यसअघि हाबोनटोटास्थित महिन्दा राजापक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यान्डी १९.१ ओभरमा सबै विकेट गुमाउदै १२६ रनमा अलआउट भयो । क्यान्डीका लागि कुशल मेन्डिसले सर्वाधिक ६८ रन बनाए । उनले ४२ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ब्रेन्डन टेलरले २०, असेला गुनारत्नेले १२ र इरफान पठानले ११ रन जोडे । बाँकी अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

क्यान्डीलाई अलआउट गर्न गाल्लेका मोहम्मद आमिर, नुवान थुशारा, धनन्जय लक्सन र सहन अरससिगेले २-२ विकेट लिए ।

यसअघि नै दम्बुला भाइकिङ्स कोलम्बो किंग्स र जाफ्ना स्टालियन्स सेमिफाइनलमा पुगिसकेका छन् ।

५ टिम सहभागि लिगमा अन्तिम लिग खेल आज हुँदैछ, जसमा दम्बुला र कोलम्बो भिड्दैछन् । त्यसपछि शीर्ष चार स्थानको टिमबीच सेमिफाइनल खेल हुनेछ । दम्बुला र कोलम्बोको खेलको विजेतासँग गाल्लेले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment