Comments Add Comment

महिला टी-२० विश्वकपको एसियन क्वालिफायर मलेसियामा

काठमाडौं  । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट मलेसियामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म हुने छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

छनोटको विजेता टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछ, जहाँ एसियासहित पाँच क्षेत्रका विजेताहरु पनि छनोट हुनेछन् ।

आईसीसीका अनुसार महिला टी-२० विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म दक्षिण अफ्रिकामा हुनेछ । विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्, जसमा आयोजकको हैसियतले दक्षिण अफ्रिका सिधै छनोट भइसकेको छ भने २०२१ नोभेम्बर ३० को वरीयता अनुसार शीर्ष ७ स्थानमा रहने टिमहरु सिधै छनोट हुनेछन् ।

बाँकी दुई स्थानको लागि पाँच क्षेत्रको विजेता, २०२१ को नोभेम्बर ३० मा वरीयताक्रममा ८ र नवौं स्थानमा रहेका दुई टिम र क्षेत्रिय छनोटमा विजेता नभएकामध्ये उत्कृष्ट एक टिमले ले प्रतिस्पर्धा गर्नेछन् ।

२०२१ को अगष्टबाट सुरु हुने क्षेत्रिय छनोटमा ३७ देशको सहभागिता रहनेछ । भुटान, बोट्स्वाना, क्यामरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स, टर्कीले पहिलो पटक छनोट प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

यस्तै अर्जेन्टिना र ब्राजिलले २०१२ पछि पहिलो पटक आइसीसीको प्रतियोगिता खेल्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment