+

टेनिस टोलीले २०औं एसियाडको तयारी भारतमा गर्ने

२०८३ भदौ  ४ गते ९:०२ २०८३ भदौ ४ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीमा लागि ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बेंगलुरु जाने भएको छ ।
  • टोलीमा प्रदीप खड्का, निसान श्रेष्ठ, स्वस्तिका विष्ट र प्रशिक्षक रेणुदेवी कोण्डा रहेका छन्।
  • टोलीले बेंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गरेपछि सेप्टेम्बर ८ मा फर्किने छ।

४ भदौ, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको लागि नेपाली टेनिस टोलीले भारतको बेंगलुरुमा तयारी गर्ने भएका छन् ।

एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको हो ।

खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन् ।

खेलाडीले बैंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्ने छन् । बेंगलुरुमा तयारी गर्नेपछि टेनिस टोली सेप्टेम्बर ८ मा फर्किने छ । २० औं एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ ।

टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

२०औं एसियन गेम्स टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय