Comments Add Comment

अध्ययन भन्छ – ५ जिन समूहको मान्छेमा कोरोनाको जोखिम बढी

कोरोना वायरसको महायुद्धमा अहिले देश दुनिया लागिरहेको छ । विश्वभरका वैज्ञानिकहरू भाइरसविरुद्धको खोप परीक्षणको क्रममा छन् । कतिपय खोपले सकारात्मक असर देखाएसँगै विश्वभरि नै खुसीको बहार छाएको छ ।

तथ्यांकलाई आधार मान्दा भाइरस संक्रमणको संख्या निरन्तर बढ्दैछ तर यस बीचमा कोरोना भाइरसको असरबारे नयाँ अनुसन्धान पनि बाहिर आउने क्रम जारी छ । हालसम्मको वैज्ञानिक अध्ययनले कुन रगत समूहका मानिसमा कोरोनाको जोखिम छ ? भनेर खोजी ग¥यो । अहिले भने वैज्ञानिकहरू जिनको बारेमा वैज्ञानिक अनुसन्धानमा छन् । उनीहरुको यो अध्ययनले कुन जिनमा कोरोनाको जोखिम बढी छ ? भन्ने कुरालाई बढी प्राथमिकतामा राखेको छ ।

यी ५ किसिमका जिनलाई जोखिम बढी – अध्ययन

बेलायतको एडिनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार कोरोना संक्रमितमध्ये पनि टीवाईके २, सीसीआर २, ओएएस १, आईएफएनएआर २ र डीपीपी ९ जिन भएका व्यक्तिमा यसको असर धेरै भेटिएको छ । यस अनुसन्धानले यी व्यक्तिहरुमा कडा लक्षणका साथ जोखिम पनि बढी हुने सम्भावना सो अध्ययनले देखाएको हो ।

यति मात्र होइन यी ५ प्रकारका जिन भएका व्यक्तिहरूमा गम्भीर बिरामी वा मृत्युको जोखिम समेत धेरै छ ।

डेली मेलको रिपोर्ट अनुसार माथि उल्लेखित ५ जिनका २७०० जनामा गरिएको अध्ययनमध्ये २२ प्रतिशत मान्छेको मृत्यु भइसकेको छ । यसमध्ये पनि ७४ प्रतिशत बिरामी यस्ता थिए जो स्वयंमा सास लिन सक्षम थिएनन् । खराब अवस्थामा पुगेपछि उनीहरुलाई भेन्टिलेटरमा राखिएको थियो ।

केही व्यक्तिसमूहको लागि गम्भीर बन्छ कोरोना भाइरस

नेपालमै पनि धेरै किसिमका कोरोना संक्रमितको अनुभव बाहिर आएको छ । जहाँ कोही मानिसहरू कोरोनाकै कारण गम्भीर बिरामी पनि हुन्छन् । तर धेरैमा यसको लक्षण पनि देखिँदैन ।

यस अनुसन्धानमा वैज्ञानिकहरूले दाबी गरेका छन् कि यो अध्ययनले केही उमेर समूहका मान्छेको लागि गम्भीर हुन्छ भन्ने पत्ता लगाएको छ । यति मात्र होइन वैज्ञानिकले कोरोनाले सबैभन्दा बढी प्रभावित जिनको अन्वेषणले औषधि बनाउन समेत मद्दत गर्ने दाबी पनि गरेको छ ।

जो कोहीमा पनि कोरोनाको भिन्दाभिन्दै लक्षण

प्रायः हामी त्यस्ता समाचारहरू सुन्न सक्छौं कि कसैमा कोरोनाको हल्का लक्षण हुन्छन् त कसैमा गम्भीर । कसैलाई सामान्य औषधिले काम गर्छ भने कसैलाई भेन्टिलेटरको नै आवश्यकता पर्छ । लक्षणमा पनि कसैलाई केवल ज्वरो मात्रै आएको हुन सक्छ र आफैँ निको हुन्छ भने कसैलाई अस्पतालमा गम्भीर किसिमको उपचार गराउनुपर्ने हुन सक्छ ।

सावधानी अपनाउनुहोस्

जहाँसम्म कोरोना खोपको परीक्षण चलिरहेको छ त्यो हामीहरुसम्म आइपुग्न पर्याप्त समय लाग्न सक्छ । त्यसैले खोप आयो भनेर कोरोनालाई सामान्य सम्झिन नहुने चिकित्सकहरु बताउँछन् । कोरोनाको संकट सकिइनसकेकोले मास्क लगाउन छाड्नुहुन्न, तातो पानीले नुहाउनुपर्छ, हात धुनुपर्छ र भिडभाड भएको ठाउँमा कम जानुपर्छ । यस्तो गर्न सक्यो भने कोरोना भाइरसबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment