+

एनओसीका अध्यक्ष र महासचिव मस्कट प्रस्थान

२०७७ मंसिर  २८ गते १७:३७ २०७७ मंसिर २८ गते १७:३७
एनओसीका अध्यक्ष र महासचिव मस्कट प्रस्थान

२८ काठमाडौं, मंसिर । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९औं साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरेका छन् ।

साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि मतदान हुनेछ । उनीहरुले त्यस मतदानमा भाग लिनेछन् ।

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ ।

मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्की अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टाछुट्टै वार्ता पनि गर्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुती दिनेछन् । त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि चुनाव हुनेछ र लगतै त्यसमा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।

साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ ।

यसै ओसिए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारण सभाका क्रममा पेस गरिनेछ । कार्यक्रमले अब हुने साधारण सभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ ।

नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय