
२८ मंसिर, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा आइतबार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
२१४ जनाको पीसीआर परिक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । नयाँ संक्रमितमध्ये शिक्षक १७ जना, स्वास्थ्यकर्मी पाँचजना, विद्यार्थी चारजना, व्यापारी, क्यान्टिन सञ्चालक र कृषक एक/एकजना रहेको रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै जिल्लागत आधारमा सुर्खेतका १८ जना, रुकुम पश्चिमका आठजना, दैलेख र सल्यानका ६/६ जना, कालिकोटका दुईजना र अन्य प्रदेशका चारजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ७ हजार १०६ पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आईतबार मात्रै प्रदेशमा थप २५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ हजार ६३२ पुगेको छ ।
प्रदेशभर हालसम्म ३१३ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण २१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया 4