
३० मंसिर, लमही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखरीको राप्ती गाउँपालिका–८ बिजौरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
उनी मोटरसाइकल चालक हुन् । उनले चलाएको रा ३ प १३७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि लमही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4