Comments Add Comment

देउवालाई गगन थापाको सुझाव : उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषदको बैठकमा जानोस्

३० मंसिर, कैलाली । नेपाली कांगेसका युवा नेता गगन थापाले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाएका हुन् ।

संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली कांग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ । पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकले पूर्णता पाउने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ । बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment