
पुस १, काठमाडौं । सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ ।
सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ ।
मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधबार १२ सय ३० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4