Comments Add Comment

उखु किसानको आन्दोलन : बारा, पर्सा, रौतहट र नवलपरासीबाट पनि आए किसान

१ पुस, काठमाडौं । चिनी उद्योगलाई उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै माइतीघरमा जारी उखु किसानको आन्‍दोलनमा किसानको संख्या बढिरहेको छ ।

बुधबार माइतीघरको धर्नामा सहभागिता जनाउन बारा, पर्सा, रौतहट र नवलपरासीका किसान पनि आएका छन् । सुरुमा सर्लाही र नवलपरासीका किसानले सुरु गरे पनि अन्य जिल्लाका पीडिक किसान पनि आउन थालेका उखु किसान सघंर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।

‘अब आन्दोलनमा ६ जिल्लाका किसान सहभागी छन्,’ उनले भने, ‘बारा पर्सा, रौतहट, नवलपरासी र सर्लाहीबाट पनि थप किसान आन्दोलनका लागि काठमाडौं आएका छन् ।’ माइतीघरको आन्दोलनमा सहभागlता जनाउने किसान संख्या अब तीन सयको हाराहारीमा पुगेको पनि संघर्ष समितिले जनाएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको आन्दोलन अपरान्ह तीन बजेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारकोतर्फबाट बार्तामा बस्न बुधबार पनि फोन गरेको तर आफूहरुले अस्वीकार गरेको रायले जानकारी दिए ।

किसानको हातमा पैसा नआएसम्म कुनै पनि हालतमा वार्ता नगर्ने अडान आफूहरुले लिएको उनको भनाइ छ । उखु मिलसंग चार वर्षदेखि पाउन बाँकी झण्डै ९० करोड रुपैयाँ बक्यौता दिलाइदिन माग गर्दै आइतबारदेखि किसानहरु माइतीघरमा आन्दोलनमा छन् । गत वर्ष पुस १८ गते सरकारसंग किसानले गरेको सुम्झौता हुबहु कार्यन्वन गर्न पिडित किसानहरुले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment