+
+
Shares

फेसिलिटी सर्भिसद्वारा सरकारी विद्यालयलाई तालिम एवं स्वास्थ्य सामग्री हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ३ गते ७:२७

काठमाडौं । फेसिलिटी सर्भिस प्रा.लि.ले  ललितपुरका दुई विद्यालयमा स्यानिटाइज गर्नको लागि तालिम एवं स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  ललितपुरमा विगत आधा दशकभन्दा बढीदेखि महिला उत्थान लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको टेवा नामक संस्थाका मार्फत् सरकारी विद्यालयको लागि सहयोग हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

विगत १० वर्षदेखि विभिन्न व्यवसायिक संस्थामा व्यवस्थित हिसाबले सरसफाइको काम गर्दै आएको फेसिलिटीले यसअघि पनि विभिन्न व्यावसायिक घरानाको कार्यालयमा अत्याधुनिक किसिमले सरसफाइको काम गर्दै आएको छ । कोरोना भाइरसको महामारीको समयमा घर स्यानिटाइज गर्ने काम गर्दै आएको संस्थाले अहिले सरकारी विद्यालयमा स्यानिटाइज गर्ने विधि सिकाउनुका साथी विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । यसअघि कोरोनाको महामारीको समयमा आर्थिक अभाव भएका व्यक्तिहरूको घरमा निस्शुल्क पनि डिसइन्फेक्सन गर्ने गरेको संस्थाले जनाएको छ ।

झण्डै आधादशकदेखि समाजमा महिलाहरूको उत्थान लगायत काममा स‌ंलग्न टेवा नामक संस्थासँग मिलेर  ललितपुर महानगरपालिका वडा नं २२ मा रहेको २ वटा विद्यालयमा स्यानिटाइज गर्ने, मास्क र स्यानिटाइजर वितरण गर्ने लगायत काम गर्न लागिएको हो । त्यसको लागि फेसिलिटी सर्भिस प्रा.लिले तालिम कम्पनी पेस्ट कन्ट्रोलको सहयोगमा तालिम दिएको फेसिलिटी सर्भिसका अध्यक्ष एवं प्रवन्ध निर्देशक गणेश खत्री केसीले जानकारी दिए ।

केसीका अनुसार टेवासँगको सहकार्यमा फेसिलिटी सर्भिसले डिसइन्फेक्सनमा प्रयोग हुने मेसिन, केमिकल, सेनिटाइजर, फेसमाक्स, फेससिल र पीपीई लगायत सामग्री वितरण गरेको हो । बुधबार कम्पनीको तर्फबाट टेक्निसियन बिदुर अधिकारीले सम्बन्धित पक्षलाई सेनिटाइज गर्ने विधि लगायतबारे तालिम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?