+
+

उखु किसानको आन्दोलनमा पुगे रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ३ गते १८:४२

३ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका छन् ।

चिनी उद्योगले उखुको रकम नदिएपछि गत आइतबारदेखि काठमाडौंको माइतीघरमा उखु किसानहरु आन्दोलनरत छन् । नेता पौडेलले किसानसँगै धर्नामा बसेर उखु किसानको आन्दोलनमा साथ दिए ।

नेता पौडेलले समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्ने प्रश्न गरेका छन् । ‘राज्यको यत्रो संयन्त्र हुँदाहुँदै कसरी उम्कन्छन् व्यापारी ? त्यसैले कांग्रेस पनि यो आन्दोलनमा छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?