Comments Add Comment

सेनामाथि निर्वाचित सरकार हटाउन दबाव आइरहेको छ : इमरान खान

५ पुस, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको सेनालाई निर्वाचित सरकार हटाउन दबाव दिने काम भइरहेको बताएका छन् । पाकिस्तानमा विपक्षी गठबन्धन डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले केही समययता निरन्तर सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ । विपक्षी गठबन्धनको आन्दोलन अहिले तत्काल रोकिने कुनै संकेत पनि देखिएको छैन ।

यसैबीच प्रधानमन्त्री खानले एक टिभी च्यानललाई दिएको अन्तवार्तामा विपक्षी गठबन्धनले आफूलाई सत्ताबाट हटाउन ब्ल्याकमेल गरिरहेको आरोप लगाएका हुन् । उनले विपक्षी नेताहरुले पछिल्लो समय दिएको अभिव्यक्तिमा राष्ट्रघातको मुद्दा लाग्न सक्ने बताएका छन् । प्रधानमन्त्री खानले पाकिस्तानी सेनाले आफूभन्दा माथि नभई आफ्नो मातहतमा रहेर काम गर्दै आएको बताए । साथै आफू सेनाको कामबाट खुसी रहेको उनको भनाइ थियो । उनले सेना प्रमुखले अहिलेको अवस्थामा चालेको कदमको पनि प्रशंसा गरे ।

पाकिस्तानका विपक्षीहरुले भने सरकार जनताको समस्या समाधानको लागि पूर्णरुपमा असफल रहेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । विपक्षीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment