+

चेल्सी शानदार जितसहित पाँचौ स्थानमा उक्लियो

२०७७ पुष  ७ गते ९:३४ २०७७ पुष ७ गते ९:३४
चेल्सी शानदार जितसहित पाँचौ स्थानमा उक्लियो

७ पुस, काठमाडौं । प्रिमियर लिगको पछिल्ला दुई खेलमा पराजित भएको चेल्सीले गएराति भएको खेलमा वेष्टहम युनाइटेडमाथि शानदार जित हात पारेको छ ।

टमी अब्राहमले दुई गोल गरेपछि चेल्सीले वेष्टब्रोमलाई ३-० ले पराजित गरेको हो । जितपछि लण्डन क्लब चेल्सी पाँचौ स्थानमा उक्लेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा १०औं मिनेटमा थियागो शिल्भाले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीका लागि दोस्रो हाफमा अब्राहमले दुई मिनेट मन्तरमा दुई गोल गरे । उनले ७८औं र ८०औं मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

जितपछि चेल्सीले १४ खेलबाट २५ अंक जोड्दै अर्को लण्डन क्लब टोटनहमलाई गोलअन्तरमा पछि पारेको छ । वेष्टहम १४ खेलबाट २१ अंकसहित १०औं स्थानमा छ ।

चेल्सी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय