+
+
Shares

भारतीय अखबारको निष्कर्ष : ओलीको कदम असंवैधानिक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते ११:१६
प्रधानमन्त्री केपी शर्मा ओली । फोटो : प्रधानमन्त्रीको सचिवालय

७ पुस, काठमाडौं । संसद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले नेपाललाई राजनीतिक अनिश्चयमा लैजाने निष्कर्षसहित भारतका प्रमुख अंग्रेजी पत्रिकाहरुले मंगलबार सम्पादकीय प्रकाशित गरेका छन् ।

दि इन्डियन एक्सप्रेसले  आफ्नो सम्पादकीयमा भनेको छ, ‘पार्टीभित्रका आफ्ना नेताहरुको मागप्रति झुकेर शक्ति संरचनामा उनीहरुलाई एकामोडेट गरेर जानुको साटो ओलीले संसद भंग गर्ने विकल्प रोजेका छन् ।’ सो कदमले नेपाललाई अनिश्चयको बाटोतर्फ लगेको सो अखबारले उल्लेख गरेको छ ।

सो सम्पादकीयमा ओलीले मधेशी लगायतका विषयलाई सम्बोधन गर्नुको साटो शक्ति केन्द्रीकरण गर्न लागेको, भारत विरोधी कदम चालेको र चीनतर्फ नजिक भएको उल्लेख गरेको छ । अहिलेको नेपालको आन्तरिक मामिलामा भारतले गर्न सक्ने एकदमै थोरै कुरा भएको भन्दै भारतले कोर्स कसरी अगाडि बढ्छ ‘वाच’ गर्नुपर्ने उल्लेख गरेका छन् ।

अर्को अंग्रेजी दैनिक दि हिन्दुस्तान टाइम्स दैनिकले भने ओलीले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेको उल्लेख गरेको छ । सो कदमले ओलीको क्रिडेन्सियल खत्तम पारेको उल्लेख गरिएको छ । सो पत्रिकाले भनेको छ, ‘यसले के पाठ सिकाएको छ भने आफूलाई सर्वाेच्च ठान्ने नेता जसले जातीय सर्वाेच्चता र उग्र राष्ट्रवादमा विश्वास गर्छ, उनीहरु प्रयास अप्रजातान्त्रिक  हुने गर्दछन् ।’

सो पत्रिकाले चीनको आशा विपरीत कम्युनिष्ट पार्टी फुट्न लागेको तर यो प्रजातन्त्रको लागि राम्रो हुने सो सम्पादकीयमा उल्लेख गरिएको छ । सो पत्रिकाले नेपालमा भएको राजनीतिक घटनाक्रमलाई राम्रो ढंगले बुझ्नुपर्ने तर ओलीलाई ब्याक गर्न नहुनेसमेत उल्लेख गरेको छ ।

त्यसैगरी दि हिन्दुले प्रधानमन्त्रीको संसद भंगसँगै नेपालमा राजनीतिक उथलपुथल उत्पन्न भएको शीर्षकमा सम्पादकीय प्रकाशित भएको छ । नेकपामा विभाजनसँगै देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने सो सम्पादकीयमा भनिएको छ । ओलीले राजनेता हुने अवसर पाएको तर त्यसलाई गुमाएको समेत सम्पादकीयमा उल्लेख गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?