
८ पुस, बुटवल । स्याङ्जाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
संक्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4