Comments Add Comment

कर्णाली प्रदेश सरकार अल्पमतमा, २ जना सांसदले छाडे साथ

कुनै एक समूहलाई साथ दिन्छौं : कांग्रेस

प्रदेश सा‌सद ठम्मर बिष्ट र धर्मराज रेग्मी ।

८ पुस, सुर्खेत । कर्णाली  प्रदेश सभाका पूर्वमाओवादी खेमाका दुईजना सांसद ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पूर्वमाओवादीको कोटाबाट दैलेख क्षेत्र नम्बर १ (क)बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट निर्वाचित ठम्बर विष्ट केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

प्रचण्ड-नेपाल समूह परित्याग गरेका सांसद रेग्मी र विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ जना केन्द्रीय सदस्यभित्र परेका छन् ।

आफू ओली समूहको केन्द्रीय सदस्य भएको सांसद रेग्मीले अनलाइनखबरलाई बताए । सांसद विष्टले भने अझै मिडियालाई प्रतिकृया दिएका छैनन् । तर, विष्ट पनि ओली समुहको केन्द्रीय सदस्य भएको ओली निकट कर्णाली प्रदेश सभाका अर्का सदस्य गुलाबजंग शाहले बताए ।

गत असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्ऽबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्तार गर्ने १८ जना सांसदमध्ये रेग्मी र विष्ट पनि थिए । तर, सांसद विष्टले अन्तिम समयमा अविश्वासको प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

त्यतिबेला प्रदेशसभाको उपसभामुख रहेकी पूर्वमाओवादी खेमाकै सांसद पुष्पा घर्ती विष्टले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् । विष्ट अहिले प्रचण्ड-नेपाल समूहमै छन् ।

प्रदेश सरकार अल्पमतमा

दुईजना सांसद ओली समूहमा गएपछि कर्णाली प्रदेश सरकार पनि अल्पमतमा परेको छ । ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ जना, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।

नेकपाका ३३ मध्ये अब ओली समूहमा सभामुखसहित १४ जना, दाहाल-नेपालका १९ जना सांसदहरु रहेका छन् । बादल समूह पनि दाहाल समूहलाई नै साथ दिादै आएको छ । तर, प्रदेश सरकार गठन गर्नका लागि २१ जना सांसदको आवश्यकता पर्छ । यसका लागि दुवै पक्षले कााग्रेस र राप्रपासाग सहकार्य गर्नुको विकल्प छैन ।

कााग्रेस र प्रचण्ड-माधव समूह मिल्दा सांसद संख्या २५ हुन्छ । यसो भएको खण्डमा सहजै सरकार बन्न सक्छ ।

कााग्रेस-केपी समूह मिल्दा २० हुन्छ । यत्तिले मात्रै पनि सरकार गठन गर्न मिल्दैन । यसका लागि राप्रपासाग पनि मिल्नु पर्छ । राप्रपाका एकजना सांसद थपिदा सांसद संख्या बहुमत अर्थात २१ हुन्छ तर त्यसमा पनि ओली पक्षका एकजना सांसद सभामुख छन् । यसले गर्दा सरकार बनाउन कठिन छ ।

अबको अवस्थामा कर्णाली प्रदेश सरका गठनका लागी ६ जना सांसदहरु रहेको प्रमुख प्रतिपक्ष दल कााग्रेस निर्णायक हुने देखिएको छ । कांग्रेसलाई साथमा लिए दुवै पक्षले सरकार सञ्चालन गर्न सक्नेछन् ।

कुनै एक समूहलाई साथ दिन्छौं : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले भने कुनै एक समूहलाई साथ दिने बताएका छन् ।

‘हामी अहिले पर्ख र हेर भन्ने मान्यतामा छौं । कुन समूहलाई सहयोग गर्ने अहिले नै भन्न सकिन्न,’ नेता शाहीले भने, ‘केन्द्रको राजनीतिक माहोल कस्तो हुन्छ भन्नेमा भर पर्छ ।’

उता, कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाही भने आˆनो दल सरकारमा सहभागी नहुने बताउाछन् ।

‘हामी संवैधानिक अस्थिरता निम्त्याउन चाहादैनौं र सरकारमा पनि सहभागी हुादैनौं,’ सचेतक शाहीले भने, ‘तर, सरकार गठनमा नेकपालाई संख्या कम भए कुनै एक समूहलाई तटस्थ रुपमा सर्मथन गरी सरकार निर्माणमा सहयोग गछौं ।’

कुन समूहलाई सहयोग गर्ने भन्नेबारे दलको बैठकले मात्रै निर्णय गर्ने शाही बताउाछन् ।

दुवै समूहका आ-आफनै दाबी

नेकपाका दुवै समूहले आ-आफनै दाबी गरेका छन् । दुवै पक्षका नेताहरुले कांग्रेसले अफूलाई साथ दिने र आफूले नै सरकार बनाउने उनिहरुको भनाइ छ ।

केन्ऽमा देउवा पक्षले सरकारसाग मिलेर चुनावमा जाने र त्यसले गर्दा कर्णालीमा कांग्रेससाग गठबन्धन गरेर सरकार बनाउने ओली समूहको योजना छ ।

प्रचण्ड-नेपाल समूहले भने अझै आफूहरुसागै बहुमत रहेको दाबी गर्दै आएको छ । बहुमत नपुग्ने स्थितिमा पनि हालकै सकार कायम हुने उनीहरुको भनाइ छ ।

‘लोकतन्त्रको घााटी निमोठनेसाग कांग्रेसले सहकार्य गर्छ जस्तो लाग्दैन,’ प्रचण्ड-नेपाल समूहका एक सांसदले भने, ‘कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिकामा हुादा पनि हामीलाई नै सहयोग गरेको विगत साक्षी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment