+
+
Shares

रानीकोटको भिलेज हाईल्याण्ड रिसोर्ट सन्चालनमा आयो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १४:०२

८ पुस, भक्तपुर । ऐतिहासिक र मनोरम स्थानका रुपमा प्रख्यात भक्तपुरको रानीकोटमा सुविधा सम्पन्न भिलेज हाईल्याण्ड रिसोर्ट पूर्णक्षमतामा सन्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान (१९५० मिटर) उचाइमा रिसोर्ट बनाइएको छ ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा जग्गाको मूल्यबाहेक २५ करोड लगानी गरेको होटल सञ्चालक समितिका अध्यक्ष रामसुन्दर बके बताउँछन् । रिसोर्टमा हाल चार वटा भवन छन् । २१ वटा कोठाहरु सन्चालनमा छन् । अध्यक्ष बके भन्छन्, ‘होटलका सबै रुमहरु डिलक्स छन् । होटलमा ३ वटा हलहरु छन्, जसमा ३० जना, ७० जना र १५० जना मानिस अटाउने क्षमता छ ।’

भविष्यमा होटलका केही कोठाहरुभित्रै बार, स्वीमिङ पुल र किचेनसमेत निर्माण गर्ने सोच बनाएको उनले बताए । ‘यदि कोही मानिस होटलमा आएर सुविधा खोजेमा सो पनि उपलब्ध होस् भन्ने उद्देश्यले होटलका केही रुममा यस्तो खालको डिजाइन गरेका हौं,’ अध्यक्ष बकेले भने ।’

सूर्यविनायक चोकबाट रिसोर्ट जाँदा पाँच किलोमिटर पिच र दुई किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ ।

होटल परिसरबाट नै १ सय ८० डिग्रीमा हिमालहरु देख्न सकिन्छ । होटल परिसरबाट आठ हजार मिटर अग्लो मनास्लु, धौलागिरी, लाडटाङ, पुवरी, गौरीशंकर, दोर्जे लाक्पा, चुमालिग, सिसापाड लगायत हिमाल अवलोकन गर्न सकिन्छ । काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला होटलका कोठाभित्रबाटै नियाल्न सकिन्छ ।

ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौति, कुसादेवी र ललितपुरको फुलचोकीदेखि समेत रानीकोट हाईकिङ रुट चलनचल्तीमा छ । यस्तै यस क्षेत्रमा ऐतिहासिक रानीकोट दरबार, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत छ । बाघभैरव मन्दिर परिसरमा मंसिर र बैशाख पूणिर्मामा मेला लाग्दछ ।

होटल वरिपरी घना जंगल भएका कारण जंगली जनावरसमेत अवलोकन गर्न पाइन्छ । रानीकोट क्षेत्र विश्वमै दुर्लभ र नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइन्छ । रानीकोट क्षेत्रसँगै जोडिएको सूर्यविनायक जंगलमा नेपालको पहिलो खुल्ला अन्तर्राष्ट्रियस्तरको चिडियाखाना निर्माणाधीन छ ।

रानीकोटमा मल्लकालीन अवस्थामा रानीले आराम गर्नका लागि दरबार बनाएको भन्ने चलन रहेको छ । हाल त्यो दरबारको भग्नावशेषमात्र बाँकी छ । भक्तपुरको सामरिक सुरक्षाको निम्ती उक्त दरबार निर्माण गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?