Comments Add Comment

बेलायतबाट आएका सबैलाई १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह

८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

बेलायता हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालये पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

साथै नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गरी आरटी पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । यसरी गरिने टेष्टको कुनै शुल्क लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment