+
+

ओली समूहको बैठकमा बादल : मध्यावधि चुनाव अग्रगमन हो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १५:४३

९ पुस, काठमाडौं । नेकपा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा बादलले मध्यावधि निर्वाचन घोषणा अग्रगमन भएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले प्रतिक्रान्तिलाई सहयोग गर्न केही नेताहरु गुटबन्दी गर्दै चोइटिएर जान खोजेको बताए । उनले भने, ‘टुक्राउन खोज्नेहरु सफल हुन खोजेका छन् । त्यसलाई प्रचण्ड-माधव कमरेडहरुले सहयोग गर्नुभयो ।’

जनताले चाहेको स्थिरता समाप्त पार्न खोल्नेहरुलाई समाप्त पार्न मध्यावधि निर्वाचन रोजेको उनले बताए । गृहमन्त्रीसमेत रहेका बादलले भने, ‘मध्यावधि पश्चगमन होइन, अग्रगमन हो । लोकतन्त्रमा जनतामा जानु अन्यथा हुँदै होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?