+
+
Shares

गुल्मीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १९:३५

१० पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा जनता समाजवादी पार्टी(जसपा) का नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नै जसपाका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।

पुत्ला दहनपछि बोल्दै जसपा गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले संसद विघटनको विरोधमा पुत्ला दहन गरिएको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड-माधव नेपाल समूह, नेपाली कांग्रेस र जसपाले देशका विभिन्न भागमा प्रदर्शन गर्दै आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?