+
+

मन्त्रीलाई गाउँपालिका अध्यक्षको चुनौती : आउनोस्, चुनाव लडौं

श्रममन्त्री गौरीशंकरको छलाङ ! कैलालीमा ओलीलाई गाली, काठमाडौँ सपथ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते ११:०८

११ पस, कैलाली । केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए ।

सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग पैदा भएको छ ।
‘मङसिर ५ गते कार्यकर्तालाई भेला गरेर असंवैधानिक कदमप्रति लड्नुपर्छ भन्नुभएको थियो’ कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भने, ‘हामीलाई प्रधानमन्त्री ओलीको विरोध गर्न लगाएर उहाँ उतै लाग्नुभयो ।’

मन्त्री चौधरीले जनताको भावनामाथि खेलेको अध्यक्षले आरोप लगाए । उनले मन्त्री चौधरीलाई चुनौती दिँदै भने, ‘आउनुहोस् तपाईंको पक्षमा धेरै कि मेरो पक्षमा धेरै हेरौँ ।’

गाउँपालिका अध्यक्ष चौधरीले मन्त्री चौधरीलाई आफूसँग चुनाव लड्नसमेत चुनौती दिए । गाउँपालिका अध्यक्ष चौधरीले सामाजिक सञ्जालमा पनि चुनौती दिएका छन् । उनले लेखेका छन्, ‘फेरि भन्न मन लाग्यो, तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा गौरीशंकर र मेरो च्यालेन्ज ।’

प्रधानमन्त्रीको कदम गलत रहेको भन्दै कैलारी गाउँपालिका-१ हसुलियामा आयोजना गरिएको कार्यक्रममा बोल्दै चौधरी ।

प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुभन्दा अघिल्लो दिनसम्म पनि गौरीशंकर चौधरी प्रचण्ड-माधव समूहमै थिए । तर, मन्त्रीको अवसर पाएपछि उनले गुट परिवर्तन गरेको गाउँपालिका अध्यक्ष चौधरीले आरोप लगाए ।

यसअघि प्रचण्डनिकट भएकै कारण चौधरीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वसंविधान सभा सदस्य बीरभान चौधरीको पनि दाबी थियो । पछि बीरभान चौधरीलाई प्रदेश सभाको टिकट दिएर गौरीशङ्कर चौधरीलाई प्रतिनिधिसभामा चुनाव लडाइएको थियो । उनले काँग्रेसका रामजनम चौधरीलाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?