
फाइल तस्वीर
१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज १२ वजे पार्टीका शीर्ष नेताहरुको उपस्थितमा एक विरोध कार्यक्रम गर्दैछ ।
ओलीको संसद भंग गर्ने कदमविरुद्ध सो कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जानकारी दिएको छ ।
रत्नपार्क शान्ति बाटिकाबाट जुलुस सुरु भई पुतली सडक हुँदै पुन: त्यहीँ स्थानमा पुगेर विरोध र्याली सम्पन्न हुने जसपाले जानकारी दिएको छ ।
कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4