+

रहानेको शतकमा भारतलाई ८२ रनको अग्रता

२०७७ पुष  १२ गते १७:३२ २०७७ पुष १२ गते १७:३२
रहानेको शतकमा भारतलाई ८२ रनको अग्रता

१२ पुस, काठमाडौं । कार्यवाहक कप्तान अजिन्का रहानेले शतक प्रहार गरेपछि भारतले अस्ट्रेलियाविरुद्ध दोस्रो टेष्टको दोस्रो दिनको समाप्तीमा ८२ रनको अग्रता बनाएको छ ।

३६/१ बाट दोस्रो दिनको खेल अघि बढाएको भारतले दिनको समाप्तीमा ५ विकेट गुमाएर २७७ रन बनाएको छ । अस्ट्रेलिया पहिलो इनिङ्समा १९५ रनमै अलआउट भएको थियो ।

रहानेले २०० बल खेल्दै १२ चौका मद्दतमा १०४ रन बनाएर अविजित रहेका छन् । उनले छैटौं विकेटका लागि रविन्द्र जडेजासंग शतकीय साझेदारी गरे । जडेजा ४० रनमा अविजित छन् । यस्तै ओपनर शुभमन गिलले ४५, विकेटकिपर ऋषभ पन्तले २९, हनुमा विहारीले २१ र चेतेश्वर पुजाराले १७ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङ्सले २-२ तथा नाथन लियोनले १ विकेट लिए ।

अस्ट्रेलिया टेष्ट क्रिकेट भारत

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय