+
+
Shares

सासूको हत्या आरोपमा बुहारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १८:२८

१२ पुस, जनकपुरधाम । सिराहामा आफ्नै सासूको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् ।

छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो । तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन् ।

इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको टोलीले मन्जुदेवीलाई कर्जन्हा ३ स्थित उनकै घरबाट आइतबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

पक्राउ परेकी मन्जुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?