+

साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने

२०७७ पुष  १३ गते १९:४६ २०७७ पुष १३ गते १९:४६
साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने

१३ पुस, काठमाडौं । साउथ एसियन फुटबल फेडेरेसन (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप अर्को वर्ष सेप्टेम्बरमा बंगलादेशमा गर्ने तयारी भएको छ ।

साफको सोमबार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको मिति लगायत विभिन्न निर्णय गरेको हो । साफ २०२१ सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशमा हुने भएको छ । तर अर्को वर्ष हुने एएफसी क्वालिफायरको मितिलाई मध्यनजर गर्दै परिवर्तन हुन सक्ने सम्भावना पनि छ ।

बैठकमा साफ कंग्रेस, इलेक्ट्रोल कोड र २०२१ को प्रतियोगिताका बारेमा छलफल गरेको छ । यसका साथै बैठकले बजेट र अडिट रिपोर्टलाई पारित गरेको छ ।

साफको बैठकले विभिन्न युथ प्रतियोगिताको मिति पनि तय गरेको छ । जसअन्तर्गत साफ यू १६ साफ महिला च्याम्पियनसिप २०२१ अगष्ट १८ देखि २७ सम्म बंगलादेशमा हुने भएको छ । यस्तै साफ यू १९ महिला च्याम्पियनसिप जुलाई १३ देखि २२ सम्म हुनेछ भने यू १५ साफ अक्टोबर १ देखि १० सम्म हुनेछ ।

साफ यू १८ च्याम्पियनसिप अक्टोबर १५ देखि २४ सम्म हुनेछ ।

साफ च्याम्पियनसिपको बाहेक अरु प्रतियोगिताको भेन्यु भने तय भएको छैन ।

कोरोना महामारीका कारण यस वर्ष हुनुपर्ने साफ च्याम्पियनसिप लगायत युथ प्रतियोगिताहरु रद्द भएका थिए ।

साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय