
१४ पुस, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् ।
रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए ।
माओवादी पृष्ठभूमिका रायमाझीले प्रचण्डको साथ छोडेपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्री नियुक्त गरेका थिए ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार मन्त्री रायमाझी र राजदूत क्वात्राबीच नेपाल-भारतबीच विद्युत क्षेत्रमा भइरहेको सहकार्यबारे समेत छलफल भएको थियो जसमा ठूला-ठूला संयुक्त परियोजनाहरूको चाँडै सम्पन्न गर्ने र सहजीकरण गर्ने लगायतका विषयवस्तु समावेश थिए ।
सन् २०१४ मा विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएपछि भारत र नेपालको विद्युत् क्षेत्रमा बहुपक्षीय संलग्नता हुँदै आएको छ जुन विगत चार-पाँच वर्षमा उल्लेखनीय रूपमा अगाडि बढेको छ । यसमा नेपाली जलविद्युत क्षेत्रमा भारतीय लगानी, उच्च भोल्टेज र मध्यम भोल्टेज क्रस बोर्डर ट्रान्समिशन लाइन, विद्युत व्यापारको सुविधाको साथै ग्रिड अपरेशनमा समन्वय समावेश छन् ।
ऊर्जा, जलस्रोत र सिंचाई मंत्री माननीय श्री टोप बहादुर रायमाझीलाई भेटेर उहाँ मन्त्री नियुक्त भएकोमा बधाई दिए। उहाँसङ्ग संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने बिषयमा छलफल भयो। @MEAIndia @IndiaInNepal @PMOIndia pic.twitter.com/FQwe3W6GdB
— Amb Vinay Mohan Kwatra (@AmbVMKwatra) December 29, 2020
प्रतिक्रिया 4