+
+

प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी : अन्तिमसम्म लड्छौं, तयारी गरे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १६:२८

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएका छन् ।

संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं, यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरू भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंहरूले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्नेवाला छैनौं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?