+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

यो त भत्केरो मात्र हो, आँधीबेहरी आउन बाँकी छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १६:३९

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह बनेको आरोप लगाएका छन् ।

ओलीले एक सालदेखि पार्टी फुटाउने र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको उनले बताए । अहिलेसंसद भंग गरेर देशलाई भड्खालो हाल्न चाहेको प्रचण्डको आरोप छ । त्यसविरुद्ध मंगलबार देशभर प्रदर्शन भएको भन्दै उनले प्रतिगमनलाई नच्याउने हो भने यो भत्केरो (बधुको घर पुग्न लाग्दा)मात्र सावित हुने चेतावनी दिए ।

०४६ को जनआन्दोलनको तयारीका क्रममा मदन भण्डारीले यो त आन्दोलन होइन, आन्दोलनको भत्केरो आएको मात्र हो । जन्ति आउनै बाँकी छ, बाजा बज्नै बाँकी छ’ भनेका स्मरण गर्दै उनले भने, ‘मैले पनि आज के सोचेको छु भने यदि संविधानमाथि भएको निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने यो भत्केउरो मात्र सावित हुनेछ । भोलि त आँधी हुरी आउनेछ ।’

जनता भनेको यस्तै हुन्, झुक्याएपछि झुक्किहाल्नेछन् भन्ने ठान्नु भूल हुने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?