
१४ पुस, काठमाडौं । प्रिमियर लिगको पछिल्लो परीक्षणमा १८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । डिसेम्बर २१ देखि २७ सम्म एक हजार ४७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।
संक्रमित हुनेमा खेलाडी तथा स्टाफ रहेको प्रिमियर लिगले जनाएको छ ।
पोजेटिभ देखिएका खेलाडी र क्लब स्टाफ सबै जना १० दिनको लागि सेल्फ आइसोलेसनमा बस्ने प्रिमियर लिगले जनाएको छ ।
खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण सोमबारका लागि तय भएको म्यानचेष्टर सिटी र एभरटनबीचको खेल अन्तिम समयमा आएर स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4