Comments Add Comment

कस्तो होला पर्यावरणमैत्री खान्की ?

वैज्ञानिक भन्छन् कि, यदी जलवायु परिवर्तन, पानीको श्रोत र प्रदूषण जस्तो समस्या हटाउनका लागि अब विश्वले फ्लेक्सीटेरियन डाइट अपनाउनुपर्नेछ । तपाईं पक्कै अचम्मित हुनुभयो होला, के हो फ्लेक्सिटेरियन डाइट ?

यो पूर्णत भेज होइन । ननभेज पनि होइन । भेजिटेरियन र ननभेजिटेरियनको मिल्दोजुल्दो रुप हो । फ्लेक्सिटेरियन डाइटमा मासु पूर्णत त्याग गरिदैन । बरु आफ्नो खान्कीमा मासुको मात्रा घटाएर सागसब्जीको मात्रा बढाइन्छ ।

फ्लेक्सिटेरियन डाइटको चलन बढिरहेको छ । किनभने यसले केवल कार्बन फुटप्रिन्ट घटाउन मात्र मद्दत मिलिरहेको छैन, स्वास्थ्य पनि राम्रो हुन्छ । तपाईं धेरैजसो सब्जी खानुहुनछ, तर बेलामौकामा मासुको परिकार पनि लिन सक्नुहुन्छ । अर्थात पूर्णत मासु त्याग्नु परेन ।

मासु खानुभएन भने शरीरमा प्रोटिनको अभाव हुनसक्छ । तर चिन्ताको कुरा भएन, मासु बाहेकका खाद्य पदार्थबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । मासुको विकल्पमा यस्ता शाहाकारी स्रोत छन्, जसले प्रोटिनको अभाव पुरा गर्छ । जस्तो दाल, सिमी, ड्राइ फ्रुट्स ।

केही अध्ययनबाट यो कुरा प्रमाणित भएको छ कि, दाल र सिमीले हाइ कोलोस्टोर कम गर्न सहयोग गर्छ । त्यही कारण त चिकित्सकले यस्तो खानेकुरा दिनुपर्ने बताउँछन् ।

यदि फ्लेक्सीटेरियन खानाका साथसाथै व्यायाम पनि गर्नुहुन्छ भने स्वास्थ्य एकदम राम्रो हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढ्छ । पाचन क्रिया राम्रो हुन्छ ।

चिकित्सकहरुका अनुसार राम्रो स्वास्थ्यका लागि बैकन, ससेस, सलामी लगायत प्रोसेस्ड मिट सेवन गर्नु हुँदैन । किनभने त्यस्ता खानेकुरामा अत्याधिक सेचुरेटेड फ्याट र नुन हुन्छ ।

प्रोसेस्ड मिट उत्पादनमा न धेरै प्रोटिन बच्छ, न खनिज तत्व । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दिन ५० ग्राम प्रोसेस्ड मिट सेवन गर्दा आन्द्राको क्यान्सर हुनसक्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार विश्वमा फलेक्सिटेरियन खाना खाने बढ्दैछन् । यसले ग्रीन हाउस ग्यासको उत्सर्जन धेरै कम हुनेछ । खासगरी यसले कृषि क्षेत्रमा हुनेवाला उत्सर्जनलाई आधा गराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment