Comments Add Comment

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

उखुको भुक्तानी भाग गर्दै प्रदर्शनरत किसान । अनलाइनखबर फाइल ।

१६ पुस, काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो लागेको छैन ।

प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।

पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् । त्यसलाई फुकुवा गराउने गरी तयारी भइरहेको छ ।

किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment