
१६ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी छन् । बढुवा सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4