+
+

आदिवासी इतिहास झल्काउने गरी अष्ट्रेलियाले बदल्यो राष्ट्रिय गान

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १२:४४

१७ पुस, काठमाडौं । अष्ट्रेलियाले राष्ट्रिय गानमा आदिवासी मानिसहरुको प्रतिनिधित्व गराउन केही परिवर्तन गरेको छ । यससँगै अष्ट्रेलियाको राष्ट्रिय गानमा सुनिने ‘योङ एण्ड फ्रि’ (युवा र स्वतन्त्र) शब्द हटेको छ । अष्ट्रेलियाका आदिवासीहरु विश्वको सबैभन्दा लामो सभ्यता बोकेको समुदाय हो । त्यसैले अष्ट्रेलियाले राष्ट्रिय गानको उक्त शब्द हटाउन लागेको हो ।

शुक्रबारबाट लागू हुने उक्त राष्ट्रिय गानको हटाइएको शब्दमा ‘वी आर वान एण्ड फ्रि’ (हामी सबै एक र स्वतन्त्र ) राखिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले नयाँ राष्ट्रिय गानले मानिसहरुमा एकताको भावना विकास गर्ने धारणा व्यक्त गरेका छन् ।

अष्ट्रेलिया बेलायतको उपनिवेशमा अउनुभन्दा हजारौं वर्ष पहिला त्यहाँ आदिवासी समुदायको बासबास रहेको बताइने गरिएको छ । सरकारले अहिले परिवर्तन गरेको राष्ट्रिय गानको विषयमा अष्ट्रेलियाभर स्वागत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?