+

हाेबार्टबाट ब्याटिङ गर्दै सन्दीप

२०७७ पुष  १८ गते १२:०४ २०७७ पुष १८ गते १२:०४
हाेबार्टबाट ब्याटिङ गर्दै सन्दीप

१८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने भएका छन् ।

अष्ट्रेलियामा जारि बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा मेलवर्न स्टार्स विरुद्धकाे खेलमार्फत सन्दीपले हाेबार्टकाे लागि पहिलाे खेल खेल्दैछन् ।

पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध सन्दीप हाेबार्टकाे सुरुवाती-११ मा परेका छन् ।

सन्दीपले यसअघि स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । २१ खेल खेलेका सन्दीपले २६ विकेट लिएका थिए ।

यस सिजन नयाँ टिम हुरीकेन्समा आबद्ध सन्दीपले ६ खेल गुमाएका थिए ।

अष्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिन बसेको कारण सन्दीपले सुरुवाती खेल गुमाएका हुन् ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय