News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पौडी टोलीले २०औं एसियाली खेलकुदको तयारीका लागि भारतको बेंगलरुमा एक महिने प्रशिक्षण लिने भएको छ ।
- पाँच खेलाडीसहित सात सदस्यीय टोली शनिबार भारत प्रस्थान गर्नेछ ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार टोलीलाई बिदाइ गर्नुभयो ।
२९ साउन, काठमाडौं । नेपाली पौडी टोलीले आसन्न २०औं एसियाली खेलकुदको तयारी भारतको बेंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्ने छ ।
खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
२०औं एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया 4