News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किंग्सले एक्स्ट्रिम इनर्जी ड्रिंकसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको छ।
- सम्झौता अनुसार एक्स्ट्रिमको लोगो विराटनगर किंग्सको जर्सी र टोलीका विभिन्न स्थानमा रहनेछ।
- यस सहकार्यले टोलीको व्यावसायिक यात्रा र नेपाली क्रिकेटको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास विराटनगर किंग्सले लिएको छ।
२९ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली विराटनगर किंग्सले ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंकसँग मुख्य प्रायोजन सम्झौता गरेको छ ।
‘कोशीको शान, हाम्रो पहिचान’ नाराका साथ एनपीएलमा सहभागी हुँदै आएको विराटनगर किंग्स र नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’बीच टोलीको मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार औपचारिक सम्झौता भएको हो ।
सम्झौताअनुसार ‘एक्स्ट्रिम’ विराटनगर किंग्सको मुख्य प्रायोजकका रूपमा रहनेछ । टोलीको जर्सीसहित विभिन्न प्रमुख स्थानमा एक्स्ट्रिमको ब्रान्ड उपस्थिति रहनेछ ।
विराटनगर किंग्सले पछिल्ला दुई एनपीएल सिजनमा प्रदर्शनमार्फत आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ । एक्स्ट्रिमसँगको सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास टोलीले लिएको छ ।
टोलीले आगामी दिनमा विराटनगर किंग्सको विकास, उत्कृष्ट प्रदर्शन तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा एक्स्ट्रिमको निरन्तर साथ रहने अपेक्षा गरेको जनाएको छ ।
प्रतिक्रिया 4