News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।
- आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग सञ्चालन गर्ने निश्चित गरेको हो ।
- छ फ्रेन्चाइज टोलीको सहभागिता रहने यस प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ ।
२९ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।
आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
यसअघि प्रतियोगिता भदौ १२ गतेदेखि सुरु हुने बताइए पनि आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन । अब भने प्रतियोगिता भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुने निश्चित भएको छ ।
लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ ।
नेपाल भलिबल लिग केडिया ग्रुपको आयोजनामा हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता हो ।

प्रतिक्रिया 4