News Summary
Generated by OK AI. Editorially reviewed.- जेम्सले शुक्रबार एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्दै जुनियर क्रिकेट लिग (जेसीएल) सिजन २ को उपाधि जितेको छ।
- निर्धारित १० ओभरमा ७० रनको लक्ष्य पछ्याएको डिएभी ‘नीलो’ ६२ रनमा समेटिएपछि जेम्सले ३० हजार नगद पुरस्कारसहित ट्रफी हात पारेको छ।
- प्रतियोगितामा डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् भने विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिएको छ।
२९ साउन, काठमाडौं । जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को उपाधि शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै ७० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा डिएभी ‘नीलो’ अलआउट हुनुअघि ९.२ ओभरमा ७ विकेट क्षतिमा ६२ रनमा समेटियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।
एन्जल्स हार्ट नेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट खेलाडी घोषित भए । हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर, डिएभी ‘नीलो’ का कमल साइ उत्कृष्ट ब्याट्सम्यान र आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान खेलाडी चुनिए ।
एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापन तथा एनपीएल टिम काठमाडौं गुर्खाजको सहयोगमा भएको प्रतियोगितामा मानसिंह धर्म माविले अनुशासित टिमको ट्रफी हात पार्यो ।
विजेतालाई काठमाडौं गुर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहिया, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्ट माविकका प्रिन्सिपल धनबहादुर पुन, आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
टी– १० इन्डोर छात्र क्रिकेटमा २४ टिम सहभागी थिए ।
प्रतिक्रिया 4