Comments Add Comment

रेसुङगाका २ वडा जोड्न झोलुङगे पुल बन्दै

१९ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न लागिएको हो ।

झोलुंगे पुलको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लराज भुसालले शिलान्यास गरेका छन् । शिलान्यास गर्दौ मेयर भुसालले तम्घासमा बन्न लागेको नमूना झोलुंगे पुलको समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे ।

उनले यस भेगका नागरिकलाई नगरपालिका जान र वडा वडा बिच पनि वारिपारि गर्न घुमाउरो बाटो हिँडनु पर्ने भएपछि त्यसको सहजताका लागि यो पुल निर्माण कार्य अगाडि बढेको बताए । नगरप्रमुख भुसालले आफना चुनावी प्रतिबद्धता अनुरुप कामहरु अगाडी बढेको बताए ।

झोलुंगे पुल पुल बन्न लागेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । जिल्ला सदरमुकामसँगै नजिकै रहेकाले यो पर्यटकीय पनि बन्ने स्थानीयको भनाइ छ ।

झोलुंगे पुल निर्माणको लागि सामाजिक तथा प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत श्रमदानमार्फत बन्न लागेको सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीका शब इन्जिनियर डिल्लीराज खनालले बताए । पुल निर्माणको लागि हेल्मेटार नेपाल (टिभिएसयु)ले लट्टा सहयोग गर्ने भएको छ ।

विद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाई ११८ मिटर लम्बाई रहेको छ । पुल निर्माणको लागि २०७७ साल असोज २८ गते रेसुङ्गा नगरपालिका र उपभोक्ता समिति बीच सम्झौता भएको थियो । सम्झौता भएको मितिले १ वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment