Comments Add Comment

पाकिस्तानमा पक्राउ परे मुम्बई आक्रमणका योजनाकार

Photo Credit : Reuters

१९ पुस, काठमाडौं । पाकिस्तानले लस्कर ई ताइबा (एलईटी) संगठनका नेता जाकी अर रेहमान लेखभीलाई पक्राउ गरेको छ । अमेरिका र भारतले उनलाई सन् २००८ मा भएको मुम्बई आक्रमणका प्रमुख योजनाकार मान्दै आएका छन् ।

पाकिस्तानले भने लेखभीलाई आतंकवादलाई वित्तीय सहयोग उपलब्ध गराउँदै आएको आरोपमा पक्राउ गरेको हो । पाकिस्तानले कुनै आक्रमणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ नगरिएको स्पष्ट पारेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको काउन्टर टेरोरिज्म डिपार्टमेन्ट (सीटीडी)ले शनिबार लखभीलाई पक्राउ गरिएको बताएको हो ।

सीटीडीका प्रवक्ताले दिएको जानकारीअनुसार लेखभीले लामो समयदेखि आतंकवादी गतिविधिका लागि कोष जुटाउने काम गर्दै आएको बताएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सान्कसन कमिटीका अनुसार लेखभीमाथि इराक, अफगानिस्तान, बोस्निया एण्ड हर्जगोभिनालगायतका मुलुकहरुमा पनि आफ्ना गतिविधिहरु सञ्चालन गरेको आरोप छ ।

भारतीय अधिकारीहरुले लेखभी सन् २००८ को मुम्बई आक्रमणका एकमात्र जीवित दोषी रहेको दाबी गर्दै आएको छ । उक्त आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो । भारतले पाकिस्तानलाई लेखभीमाथि कानुनी कारबाही अघि बढाउन आग्रह गर्दै आएको थियो । तर, पाकिस्तानले भने मुम्बई आक्रमणमा लेखभीको संलग्नताबारे भारतले ठोस प्रमाण नदिएको बताउँदै आएको छ ।

लेखभी सन् २००८ मा पक्राउ परेका थिए । तर, पछि जमानतमा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment