+
+
Shares

पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १५:२७

१९ पुस, वीरगञ्ज । पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिविरमा ३०० जनाको आँखाको परीक्षण गराउँदा १०८ जनामा मोतिया बिन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सहसंयोजक रामेश्वर चौरसियाले बताए ।

मोतिया बिन्दुको समस्या देखिएका बिरामीको आगामी पुस २५ देखि २७ सम्म निःशुल्क रुपमा वीरगञ्जमा शल्यक्रिया हुने चौरसियाले वताए ।

बिन्दबासिनी गाउँपालिकाको आर्थिक सहायोग, सृजनशिल विकास केन्द्र प्रालि पर्साको आयोजना तथा माट्रिका आइफाउन्डेसनको समन्वयमा गाउँपलिकाको वडा नं. ३ झौवा माविमा शिविर सम्पन्न भएको हो ।

शिविरमा निःशुल्क आँखा परीक्षण, मोतिया बिन्दु भएकाहरुको शल्यक्रिया तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदीले जानकारी दिए । शिविरबाट अति गरिव, विपन्न, दलित तथा पछाडी परेका समुदायको नागरिकले प्रत्यक्ष लाभ पुग्ने अध्यक्ष मोदीले बताए ।

शिविरमा आइफाउन्डेसनका महेश सिंह दामी, रुवि राउत, पिन्की कुशवाहा, निशा लामा, संजय ठाकुर लगायतकाले बिरामीहरुको आँखा परीक्षणमा सहजीकरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश प्रसाद चौहानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?